ज्याकलिनलाई जेलबाट सुकेशको नयाँ पत्र : लेखे, ‘तिमीलाई नसम्झिएको कुनै पल छैन, तिमीलाई पनि त्यस्तै हुन्छ थाहा छ’

सुकेश चन्द्रशेखरले जेलबाट पत्र लेखेर ज्याकलिन फर्नान्डिजलाई फेरि इस्टरको शुभकामना दिएका छन् । यसमा उनले लेखेका छन्, ‘टिभीमा जति बेला विज्ञापन देख्छु, तिमीलाई मिस गर्न थाल्छु । म त्यसपछि तिम्रो बारेमा मात्रै सोच्ने गर्छु । तिमीलाई थाहा नै छैन कि तिमी कति राम्री छौ । यो पूरै ब्रह्माण्डमा तिमीभन्दा सुन्दर कोही छैन । माई र्याबिट.... मेरो बच्चा । म तिमीलाई असाध्यै माया गर्छु ।’
२०० करोडको मनी लन्ड्रिङ केसमा दिल्लीको मंडोली जेलमा कैद सुकेश चन्द्रशेखरका वकिल अनन्त मलिकले यो पत्र जारी गरेका हुन् । यसमा सुकेशले लेखेका छन्, ‘म तिमीलाई यो इस्टरको मौकामा अलि बढी नै मिस गरिरहेको छु । मलाई याद छ – इस्टरको मौकामा तिमी कसरी बच्चाले झैँ अण्डा फुटाउँथ्यौ र त्यसमा चकलेटहरू हाल्थ्यौ । यो तिमीलाई मनपर्ने चाडमध्येको एक हो । म वचन गर्छु कि अर्को इस्टर तिम्रो जीवनकै उत्कृष्ट हुनेछ ।’
गीत सुन्दा सुकेशलाई ज्याकलिनको याद आउँछ
सुकेशले आफ्नो चिठ्ठीमा लेखेका छन् – मैले तिम्रो बारेमा न सोचेको कुनै पल छैन । मलाई थाहा छ तिमीले मेरा बारे यस्तै महसुस गर्छौ । तिम्रो यो सुन्दर मनमा के छ मलाई राम्ररी थाहा छ । मैले भर्खरै ‘तुम मिले दिल खिले’ को नयाँ संस्करण सुनिरहेको थिएँ, यो गीत सुनेर मलाई तिम्रो याद आइरहेको थियो । ’ सुकेशले यहाँ सन् १९९४ को फिल्म क्रिमिनलको चर्चित गीतबारे कुरा गरिरहेका छन् ।
आफ्नो जन्मदिनमा ज्याकलिनलाई मिस गरिरहेका थिए सुकेश
सुकेशले यसअघि २५ मार्चमा आफ्नो जन्मदिनको मौकामा ज्याकलिनको नाममा एउटा पत्र लेखेका थिए । उक्त पत्रमा उनले लेखेका थिए, ‘माई बेबी ज्याकलिन, मेरी बोम्मा, आफ्नो जन्मदिनमा मैले तिमीलाई धेरै मिस गरेँ । मैले आफ्नो वरिपरि तिम्रो ऊर्जा महसुस गरेँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धुर्मुस–सुन्तलीविरुद्ध अदालतमा मुद्दा दायर
-
गर्भधारण गर्न कुन उमेर सबैभन्दा उपर्युक्त हुन्छ ?
-
बीआरआईबाट नेपालमा विकास र रोजगारीको वातावरण सृजना हुन्छ : कोइराला
-
नयाँ बजेट तर्जुमाका लागि अर्थ मन्त्रालयले जारी गर्यो ८ बुँदे मार्गदर्शन
-
अब भौतिक रूपमा उपस्थित नभइ कम्पनी दर्ता खारेज गर्न पाइने
-
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते