कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु
सोमबार, २७ चैत २०७९, ११ : २५

काठमाडौँ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । गत शुक्रबार दलीय प्रतिनिधित्वका आधारमा कार्य व्यवस्था परामर्श समिति गठन भएको थियो । समिति गठन भएपछि प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको पहिलो बैठक सोमबार बसेको हो ।
बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकमा दलका प्रमुख सचेतकसहितका नेताहरुको उपस्थिति छ । बैठकमा प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नुका साथै विषयगत समिति गठन, मस्यौँदा समिति गठन लगायतमा छलफल हुनेछ । सोमबार दिउँसो संसद् बैठक बस्ने भएकाले त्यसअघि परामर्श समितिको बैठक बसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनाग्रस्त भएपछि समुद्रमा खस्यो विमान
-
ललितपुर महानगरको विकास कसैले रोकेर रोकिँदैन: मेयर महर्जन
-
प्रतिनिधिसभा बैठकमा आज दलीय आधारमा नेताहरूले धारणा राख्ने (कार्यसूचीसहित)
-
विमलराज र शान्तारानीको गीतमा नाचे हङकङबासी नेपाली
-
एनआरएनएको एकता महाधिवेशन भइछाड्छ, अब रोकिने ठाउँ छैनः कुँवर
-
प्रतिनिधिसभा बैठक बैशाखभर १० दिन बस्ने (क्यालेण्डरसहित)