अमेरिकी डलरको कारोबार स्थिर हुदाँ युरोको भाउ ओरालो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सोमबार पनि अमेरिकी डलरको कारोबार स्थिर रहेको छ।
सोमबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । यसअघि आइतबार पनि उक्त डलरको खरिदबिक्री सोहि मूल्यमा भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरोमा ओरालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४३ रुपैयाँ १३ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा १८ पैसाले घटेको हो । आइतबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ६५ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ३१ पैसा कायम गरिएको थियो।
सोमबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ २९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३ पैसा तोकिएको छ। यो मूल्य आइतबारको तुलनामा एक रुपैयाँ ३३ पैसाले घटेको हो । शुक्रबार यसको खरिदमूल्य १६२ रुपैयाँ ६२ पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ ३६ पैसा कायम गरिएको थियो ।
त्यसैगरी, सोमबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ १८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ५८ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९७ रुपैयाँ २१ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।
सोमबार साउदी अरेबियन, युएई दिराम र मलेसियन रिंगिट कारोबार स्थिर रहेको छ। जसअनुसार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६९ पैसा र बिक्रीदर २९ रुपैयाँ ८३ पैसामा पाइनेछ । यसअघि आइतबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।
उता, कुवेती दिनार एकको खरिदमा सोमबार ४२६ रुपैयाँ ९१ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८७ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३२ पैसा तोकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातिँदै स्ववियु चुनावको माहौल, तस्बिरहरू
-
कुर्सी बोकेर किन संसद्बाट हिँडेँ ट्रुडो ?
-
विराटनगरको अरनिको कलेजले जित्यो हिसान क्रिकेटको उपाधि
-
माओवादीमा लागेको रोगको उपचार गर्ने ठाउँ नभएकाले फेरि जनतामा आयौँ : प्रचण्ड
-
विरोधको सूचना दर्ता गर्ने दाहाल प्रतिनिधिसभामा अनुपस्थित
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय