केटीएम सिटीको ‘इन्ड अफ इयर सेल’ अफर
सोमबार, २७ चैत २०७९, ०६ : ५०

काठमाडौं । केटीएम सिटीले ‘इन्ड अफ इयर सेल’ अफर सार्वजनिक गरेको छ । नेपाली नयाँ वर्षलाई लक्षित गर्दै केटीएम सिटीले नयाँ अफर बजारमा ल्याएको हो । इन्ड अफ इयर सेलमा ग्राहकहरूले १ सय ९०, २ सय ९० र ३ सय ९० मा केटीएम सिटी ब्राण्डका लुगा प्राप्त गर्न सक्नेछन् । नयाँ योजना सीमित प्रकारका लुगामा मात्र लागु हुने कम्पनीले जनाएको छ ।
केटीएम सिटीका अनुसार नयाँ अफर अप्रिल १६ सम्म चल्नेछ । केटीएम सिटीका देशभरका आउटलेट र अनलाइनमार्फत ग्राहकले आफ्नो रोजाइको लुगा प्राप्त गर्न सक्नेछन् । नेपाली ब्राण्ड केटीएम सिटीले सर्वसुलभ मूल्यमा गुणस्तरीय लुगा घरेलु र अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराइरहेको छ । केटीएम सिटी नेपालको राष्ट्रिय फुटबल टिमको अफिसियल किट पार्टनर समेत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शक्तिको आडमा राजावादी सक्रिय भएको माओवादीको आशंका
-
५०० मेगावाट क्षमताका ४० सोलार आयोजनाले पाए सर्भे अनुमति
-
सबै मानिस जागिर मात्रै खोज्छन् : प्रधानमन्त्री ओली
-
महिला न्यायाधीशहरु न्यायालय र न्यायप्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
-
काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहर
-
को हुन् क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नी ?