अमृतपाल खोज्न भारतीय सुरक्षा अधिकारीहरू नेपालमा

काठमाडौँ । केही दिनअघि भारतीय सरकारले अमृतपाल सिंह पसेको हुन सक्ने भन्दै नेपाल सरकारलाई सतर्क रहन आग्रह गरेको थियो । यतिखेर भने अमृतपालको खोजीमा भारतीय सुरक्षा अधिकारीहरू नेपालमै रहेको सुरक्षा स्रोतले जनाएको छ ।
उनीहरू चैत २० गते अघि नै नेपाल-भारत सीमा क्षेत्र पर्साको वीरगन्ज र बाँकेको जमुनाह नाका हुँदै नेपाल आएको उच्च सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् । 'उनीहरू स्थलमार्ग हुँदै नेपाल आएका हुन्, उनीहरूले नेपालका सुरक्षा अधिकारीहरूसँग अनौपचारिक सम्पर्क गरे पनि भेटघाट भने गरेका छैनन्,' उच्च सुरक्षा अधिकारीले भने । अमृतपाल नेपालमै रहेको भन्दै उनको खोजीका लागि नागेश चौधरीको नेतृत्वमा भारतीय इन्टेलिजेन्स ब्युरोबाट ६ सदस्यीय टोली नेपाल आएको सुरक्षा स्रोतले जनाएको छ । भारतीय दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपालका सुरक्षा अधिकारी अध्यागमन विभागलाई अमृतपाल नेपालमा लुकेको आशंका गर्दै निगरानी गर्न आग्रह गरेको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक