रास्वपा भ्रष्टहरुलाई राख्ने र जोगाउने पार्टी होइन : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी भ्रष्टहरुलाई राख्ने र जोगाउने पार्टी नभएको बताएका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले आफ्नो पार्टीमा पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि आफुहरुले नसहने बताएका छन् ।
उनले भनेका छन् : ‘ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने पार्टी होइन। पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहदैनौं। कडा भन्दा कडा कारवाही गर्छौ। बेथितिको बचाउ गर्दैनौं बरु उदाङो पारी दण्डित गर्छौ।’
लामिछानेले पार्टी नयाँ भएकोले मान्छे चिन्न गाह्रो भएको बताउँदै तर पार्टीमा विधि भएकोले चिन्ता गरिरहनुनपर्ने बताएका छन् । उनले भनेका छन् : ‘२ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि मसँग यो धन्दा चल्दैन भन्ने सबलाई थाहा छ। हो, पार्टी नयाँ छ, मान्छे चिन्न गाह्रो छ तर नयाँ भएपनि पार्टीमा विधि छ र त चिन्ता गर्नुपर्दैन।’
आइतबार व्यावसायी दुर्गा प्रसाई र सो पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठबीच आर्थिक लेनदेन गरेको अडियो बाहिर आएको थियो । लामिछानेले अहिले सोही प्रकरणलाई चुनावी हतियार बनाएर विपक्षीहरुले थप आक्रमणका लागि भएभरको शक्ति लगाएको आरोप समेत लगाएका छन् ।
‘रगत पसिना बगाएर हामीले बनाएको पार्टी हो, आँधीहुरी सुनामी छेक्न सक्नुपर्छ। अब यसलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका लागि भएभरको शक्ति लगाइँदै छ’ उनले भनेका छन् । सांसद श्रेष्ठलाई पार्टीले २४ घण्टे स्पष्टीकरण पनि सोधिकसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्तिमा उमेर हद र गुणाकरविरुद्धको निवेदन पेसी सूचीको ४० औँ नम्बरमा
-
दुई खर्ब बढीको पेट्रोल आयात, यी हुन् सबैभन्दा बढी आयात हुने वस्तु
-
पाकिस्तानी टोलीले भारतमा महिला विश्वकप नखेल्ने
-
दुई नयाँ पोस्टरमा यस्तो देखियो ‘महाभोज’
-
‘नरसिंहा अवतार’ मेरो बोर्ड परीक्षा हो– अभिनेता रमेश
-
‘मिसेस डिभा नेपाल २०२५’ बनिन् संगीता