पुराना पार्टी म्याद गुज्रिसकेका औषधि हुन् : अध्यक्ष राउत

बारा । जनमत पार्टीका अध्यक्ष सिके राउतले पुराना पार्टीहरू म्याद गुज्रिसकेका औषधि (दबाई) भएको टिप्पणी गरेका छन् । उनले त्यस्ता औषधि सेवन गर्दा साइड इफेक्ट हुने भएकोले नयाँ पार्टीलाई एक पटक परीक्षण गर्न मतदाताहरूलाई अनुरोध गरे ।
बारा निर्वाचन क्षेत्र नं २ को चुनावी प्रचारप्रसार कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै राउतले शिक्षा, स्वास्थ्य, रोजगारी र किसान आन्दोलनका लागि जनमत पार्टीलाई १ पटक परीक्षण गर्न मतदाताहरूलाई आग्रह गरे । ‘सबै पुराना दलहरू म्याद गुज्रिएका दबाई भइसके, म्याद सकिएको दबाई खाए उल्टो असर गर्छ, १० वर्ष, २० वर्ष, ५० वर्ष पुराना पार्टीहरूले अब काम गर्दैनन्’ अध्यक्ष राउतले भने, ‘पुराना पार्टीहरूलाई चुनाव जिताएर पठाउनुहुन्छ भने सडक बन्दैन, बालबालिकालाई शिक्षा मिल्दैन, रोजगारी मिल्दैन,वृद्ध भत्ता पाउनुहुन्न किनकि तिनीहरूको म्याद गुज्रिसकेको छ’
राउतले मतदाताहरूलाई हातमा औषधीको ट्याब्लेट नै देखाएर पुराना पार्टीहरूलाई डेट एक्सपाएर औषधीको संज्ञा दिए । उनले जसपा नेपालका उम्मेदवार उपेन्द्र यादवप्रति लक्षित गर्दै बाहिरबाट उम्मेदवार आएर बारा २ नं क्षेत्रमा षडयन्त्र गरिरहेको आरोप लगाए । वैशाख १० गते हुने उपनिर्वाचन पछि बारा २ नं क्षेत्रका किसानहरूका लागि किसान कार्ड र बाली बिमाको व्यवस्था गर्न सरकारलाई दबाब दिने समेत उनले आश्वासन दिए ।
अध्यक्ष राउतले आफ्नो पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहलाई जिताउन किसानका खेत खेतमा पुगेर मत मागेका थिए । अहिले बारा २ का मतदाता गहुँ, मुसुरो, मकै बाली थन्काउन तथा उखु बाली गोडमेलमा व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?