इलाम साहित्य महोत्सव सुरु
इलाम । पर्यटनका लागि साहित्य भन्ने नारासहित इलाममा आइतबारदेखि इलाम साहित्य महोत्सव २०७९ सुरु भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा दुई दिने महोत्सव सुरु भएको हो । महोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उद्घाटन गरे ।
महोत्सवको पहिलो दिन आज राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलले अङ्क, अर्थ र आध्यात्म विषयमा सम्भाषण व्यक्त गर्नुभयो । दोस्रो कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे र लेखक खगेन्द्र सङ्ग्रौलाबीचमा राजनीतिमा एजेण्डा कि अनुहार विषयमा राजनीतिक बहस गरिएको थियो ।
युवराज अधिकारी, विश्वविमोहन श्रेष्ठ र सविता गौतम दाहालबीच लेखन सफल कि सार्थक विषयमा सम्बाद गरिएको थियो । कविहरु तीर्थ श्रेष्ठ लीला अनमोल र भूपिनबीचमा कवितामा स्थानीय चेतका विषयमा सम्वाद आयोजना गरिएको थियो । सोमबार सम्पन्न हुने महोत्सवमा नेपाल र भारतका साहित्यकारको बाक्लो उपस्थिति रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’