गौरको होटलमा प्रहरीको छापा, दुई यौनकर्मीसहित पाँचजना पक्राउ

रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौरमा ब्युटी पार्लर यौन व्यवसाय हुने गरेको खुलासा भएको दुई दिन पनि नबित्दै फेरि एउटा होटलमा पनि यौन व्यवसाय हुने गरेको तथ्य सार्वजनिक भएको छ।
आइतबार गौर बसपार्कस्थित रोयल इन्दु होटेलमा प्रहरीले छापा मारेर यौन व्यवसाय गरेको आरोपमा सञ्चालिकासहित ५ जनालाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा प्रहरीले होटेलमा छापा मारेको थियो। प्रहरीले होटलबाट दुई जना पुरुष, दुई जना महिला र होटल सञ्चालिकासहित ५ जनालाई पक्राउ गरेर अनुसन्धानको लागि हिरासतमा राखिएको छ । रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले घटनाको अनुसन्धानपछि मुद्दा प्रक्रियामा जाने बताए ।
यसअघि गौरनगरपालिका–१ गुदरी बजार जाने बाटोमा सञ्चालनमा रहेको साहीबा ब्युटिपार्लर तथा कोल्डस्टोरमा शुक्रबार दिउँसो प्रहरीले छापा मारेर एकजना यौनकर्मी महिला, राजपुर नगरपालिका–१ घर भएका एकजना पुरुष ग्राहक र सञ्चालिका महिलालाई नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महान्यायाधिवक्ताको कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचना
-
नेमकिपाको नयाँ नेतृत्व चयन मङ्गलबार
-
सर्लाहीको चक्रघट्टामा स्कारपियो पल्टिँदा चालकको मृत्यु
-
रुपन्देही सुनगाभा सैनामैना गोल्डकप : मुर्गिया फुटबल क्लबको विजयी सुरुवात
-
सल्लाघारी कन्सर्टमा आउन बालेनलाई गायक सुशान्त केसीको निम्तो
-
१० बजे १० समाचार : धुर्मुस–सुन्तलीविरुद्ध मुद्दा दर्तादेखि पूर्वयुवराज पारसलाई हृदयघातसम्म