रिंकुको अन्तिम पाँच बलमा पाँच छक्का, राशिदको ह्याट्रिक खेर

अहमदाबाद । जितका लागि २०५ रनको लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्सले रिंकु सिंहको अविश्वसनीय इनिङ्सको मद्दतले गुजरात टाइटन्सलाई पराजित गरेको छ । रिंकु सिंहले अन्तिम पाँच बलमा लगातार पाँच छक्का प्रहार गरे। उनले २१ बलमा ४८ रन बनाएर अविजित रहँदै टोलीलाई शानदार जीत दिलाए ।
गुजरात टाइटन्सका लागि राशिद खानको ह्याट्रिक पनि काम गर्न सकेन । उनले आन्द्रे रसल, सुनिल नरेन र सर्दूल ठाकुरलाई आउट गर्दै टोलीलाई जीत नजिक पुर्याएका थिए । कोलकातालाई अन्तिम ओभरमा जितका लागि २९ रन आवश्यक थियो। तर रिंकु सिंहको यो इनिङ्सको मद्दतले टोलीले २०७ रन बनाएर खेल तीन विकेटले जित्यो ।
यसअघि अन्तिम दुई ओभरमा विजय शंकरले पाँच छक्का प्रहार गर्दा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई जितका लागि २०५ रनको लक्ष्य दिएको थियो। आईपीएलको १३ औं खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको थियो, जसमा गुजरातले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं झापाको भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ
-
प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ : मुख्यमन्त्री आचार्य
-
चीनमाथि अमेरिकाले लगायो १४५ प्रतिशत ट्यारिफ
-
इस्लामाबाद र लाहोरबिच उद्घाटन खेल, डेभिड वार्नरदेखि केन विलियम्सनसम्म विदेशी खेलाडी
-
दार्चुलाका शिक्षकले मासिक रुपमा पाउन थाले तलब, भत्ता
-
प्राविधिकतर्फ प्रहरी जवान पदमा भर्ना खुल्यो, कसरी दिने आवेदन ? (सूचनासहित)