राप्रपाले गर्यो दुईवटा संसदीय समितिको सभापतिमा दाबी
आइतबार, २६ चैत २०७९, १९ : ५२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुईवटा संसदीय समितिको सभापतिमा दाबी गरेको छ । संघीय संसद् सचिवालयले संसदीय समिति गठनको प्रक्रिया अगाडि बढाएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले दुईवटा समितिको सभापतिमा दाबी गरेको हो ।
आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै राप्रपका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफ्नो पार्टीले दुईवटा सभापतिमा दाबी गरेको बताए । उनले दुई सभापति आफूहरूले अनिवार्य पाउनुपर्ने बताए । राप्रपा प्रतिनिधि सभाको पाँचौ ठूलो दल र दोस्रो ठुलो प्रतिपक्षी दल भएको भन्दै उनले दुई सभापति पाउनु आफूहरुको अधिकार भएको बताए ।
उनले समितिमा सदस्यहरुलाई विषयगत ज्ञानको आधारमा पठाउनुपर्ने बताए । राप्रपाले आफ्ना प्रतिनिधि सभा सदस्यहरुलाई विषयगत ज्ञान र दक्षताको आधारमा सम्बन्धित समितिमा पठाउने पनि उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रमुख जिल्ला अधिकारीमार्फत सशस्त्र प्रहरीको परिचालन गर्दा राजनीतिक हस्तक्षेप निम्त्याउने खतरा’
-
चार लेन सडक निर्माणका लागि बोलपत्र आह्वान, तीन अर्ब १९ करोड लागत
-
प्रकृतिको 'परिवारप्रति नै श्रद्धाञ्जली' व्यक्त भएको शब्द सच्याउन सभामुख घिमिरेको निर्देशन
-
ट्वाइलेटमा धेरै फोन चलाउनुहुन्छ, पायल्सले सताउला है !
-
युक्रेन पुगे ट्रुडोसमेत कयौँ युरोपेली नेता
-
लोकप्रिय पर्यटन गन्तव्यमा ५ महिला र ३ पुरुषको हत्या