३ मतले चुनाव जितेका लामा खानेपानी मन्त्रीमा नियुक्त
मकवानपुर । नेपाली कांग्रेस काभ्रेका सभापति रहको प्रदेशसभा सदस्य तीर्थ लामाले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री नियुक्त भएका छन् । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार उनलाई मन्त्री नियुक्त गर्दै सो मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।
लामा २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काभ्रेसबाट निर्वाचित भएका थिए । प्रदेशसभा सदस्यमा निर्वाचित उनी २०७० सालको संविधानसभा निर्वाचनमा उनी काभ्रे क्षेत्र नं १ मा कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । सो निर्वाचनमा उनले एमालेका चन्द्रबहादुर लामालाई ३ मतले पराजित गरेका थिए । कांग्रेसका तीर्थ लामाले १९ हजार २८० मत पप्त गर्दा एमालेका चन्द्र लामाले १९ हजार २७७ मत प्राप्त गरेका थिए ।
सोही कार्यकालमा नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको सदस्य भएका उनी संसदीय दलका नेता बहादुर सिंह लामा निकट रहेका छन् । उनले संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सदस्य भएर भूमिकामा समेत रहेका छन् ।
कम्युनिस्ट गढ मानिने क्षेत्रमा निर्वाचित हुने उनी कांग्रेसको पहिलो उम्मेदवार हुन् । २०६४ सालको निर्वाचनमा कांग्रेसले ७ हजार मत ल्याएको उक्त क्षेत्रमा ७० सालमा उनी १२ हजार भन्दा बढी मत ल्याएर विजयी भएका थिए । तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर भएको बाम गठबन्धनका कारण २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भने उनी ४ हजार २६ मत अन्तरले मात्रै पराजित भएका थिए । बाम गठबन्धनका गंगाबहादुर दोङले ४३ हजार ६ सय ३१ र कांग्रेसका तीर्थबहादुर लामाले ३९ हजार ६ सय ५ मत प्राप्त गरेका थिए ।
२०६४ सालबाट नेपाली कांग्रेसको राजनीति शुरु गरेका लामा सोही वर्ष क्षेत्रीय उपसभापति मनोनीत भएका थिए । पार्टीको १२ औं र १३ आंै महाधिवेशनमा क्षेत्रीय सभापति निर्वाचित लामा संघीयतापछि जिल्ला २ निर्वाचन क्षेत्रमा विभाजन भएपछि प्रतिनिधि सभा क्षेत्र नं १ को सभापति भएका थिए । पार्टीको १४ औं महाधिवेशनमा उनी जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रजातान्त्रिक युवा संघगठनको महाधिवेशन चैतमा
-
सांसदहरूको निचोड : अस्तव्यस्त देखियो, धेरै ठाउँका छोटी भन्सार बन्द गर्नुपर्छ
-
नेविसंघ शेखर समूहद्वारा स्ववियु तयारी विद्यार्थी भेला सम्पन्न
-
आवासीय चिकित्सकहरूको आन्दोलनमा विभिन्न संस्थाको ऐक्यबद्धता
-
सुर्तीजन्य पदार्थको शत प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत
-
कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ