उपनिर्वाचन हुने क्षेत्रमा राप्रपाले गर्यो सम्पर्क कार्यालय स्थापना

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचन हुने क्षेत्रका विभिन्न वडामा सम्पर्क कार्यालय स्थापना गरेको छ । चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि वडामा सम्पर्क कार्यालयको स्थापना गरेको हो ।
आइतबार कालिका नगरपालिकाको वडा नम्बर ५,६ र ८ मा सम्पर्क कार्यालयको स्थापना गरिएको प्रचारप्रसार संयोजक तथा राप्रपा भरतपुरका सचिव सुलभ सिग्देलले जानकारी दिए ।
यसअघि भरतपुर वडा नम्बर ३, ५, ६ र ७ मा सम्पर्क कार्यालयको स्थापना गरिसकेको संयोजक सिग्देलले बताए । उनका अनुसार भोलि भरतपुरको १०, ११ र १२ न। वडामा सम्पर्क कार्यालयको स्थापना गरिनेछ ।
सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उपनिर्वाचनका उम्मेदवार जीवलाल पुरीले यसवर्ष पार्टीले आफूलाई निर्वाचित हुने विश्वासका साथ टिकट दिएको बताए । उनले सबैलाई सहयोग गरी निर्वाचित गराउन अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी ट्रेड युनियन महासंघको महाधिवेशन हुँदै
-
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
माल्टामा क्यासियर काम गर्दै आएका सरुनलाई अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता
-
शुभयात्रा कलेक्सनको आउटलेट विस्तार
-
१० बजे १० समाचार : राप्रपामा स्वतः पद जाने निर्णयदेखि गुणाकरलाई गभर्नरमा रोक्ने प्रयाससम्म