प्रदेश
रौतहटमा भीषण आगलागी : २१ घरमा क्षति
आइतबार, २६ चैत २०७९, १९ : २०

रौतहट । रौतहटमा आइतबार भएको आगलागीमा कम्तिमा २१ वटा घरमा क्षति पुगेको छ । दिउँसो करिब साढे २ बजेदेखि माधवनारायण नगरपालिका वडा नं. ४ विसुनपुर्वा मानपुर टोलमा स्थानीय जिउत मुखियाको घरबाट आगलागी सुरु भएको थियो ।
उक्त आगलागीमा २ वटा बाख्रा र एउटा खसी जली मृत्यु भएको छ भने एक जना बालिकालाई आगोको रापले हातमा पोली सामान्य घाइते भएकी छिन् । आगलागीमा परेर अन्न, लत्ताकपडा, नगद तथा गरगहना जलेर नष्ट भएको छ।आगलागी लगतै गौर र चन्द्रनिगाहपुरका प्रहरीलाई खबर गरेपनि ढिला गरी दमकल आइपुगेको भण्डारीको गुनासो छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो निभाउने कार्य भएको थियो । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय
-
महान्यायाधिवक्ताको कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचना
-
नेमकिपाको नयाँ नेतृत्व चयन मंगलबार
-
सर्लाहीको चक्रघट्टामा स्कारपियो पल्टिँदा चालकको मृत्यु
-
रुपन्देही सुनगाभा सैनामैना गोल्डकप : मुर्गिया फुटबल क्लबको विजयी सुरुवात