फिलिपिन्समा आगलागी हुँदा ७ जनाको मृत्यु
आइतबार, २६ चैत २०७९, १५ : ४०

मनिला । फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा एक दुई वर्षीया बालिका र एक १२ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ । राति १० बजेअघि आगलागी भएको थियो । स्थानीय समय अनुसार शनिबार तायटे शहरमा तीव्र गतिमा फैलिएको आगोले छरछिमेकमा ४० भन्दाबढी घरहरू आगोको चपेटामा परेका थिए ।
अग्निपीडितहरू घरमा फसेका थिए र भने केही शवहरू भान्साको भुइँमा र बाथरूम भित्र फेला परेको प्रहरीले जनाएको छ। उक्त आगलागीका कारण ६० भन्दाबढी परिवार घरबारविहीन भएका छन् । आगलागीको कारणबारे अनुसन्धान भइरहेको दमकल विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुडशीतल : तराई–मधेशको लोकपर्व
-
आईपीएलसँग जोडियो रोबोटिक कुकुर ! प्रत्यक्ष प्रशारणमा सहयोग गर्ने
-
ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको २ अर्ब डलर रकम
-
मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
तस्बिरमा हेर्नुहोस् सिन्दूर खेलेर मनाइने सुथसिया जात्राको रौनक
-
सरकारको कामले गति लिन सकेन: महामन्त्री थापा