अफगानिस्तानका ४७ परिवारलाई चीनको सहयोग
आइतबार, २६ चैत २०७९, १५ : १३

शिबरघान । अफगान अधिकारीहरूले शनिबार उत्तरी जाज्जान प्रान्तमा अत्यावश्यक मानवीय सहयोगको खाँचोमा परेका परिवारलाई चीनले मानवीय सहायता प्राप्त गरेको बताएका छन् ।
प्राकृतिक प्रकोप व्यवस्थापन र मानवीय मामिलाका प्रान्तीय निर्देशक मल्लवी सिराजुद्दीन सिराजीले आइतबार यसबारे जानकारी दिएका छन् ।
शनिबार दिउँसो प्रान्तीय राजधानी शिबरघान शहरमा चामल, पाल र न्यानो लुगा लगायतका सहायता प्याकेजहरू वितरण गरिएको छ । यसैगरी चीनले गत महिना मध्य बाम्यान र पश्चिमी निमरोज प्रान्तका ८०० भन्दा बढी विपन्न परिवारलाई चामल र गहुँ लगायतका खाद्यान्न उपलब्ध गराएको थियो ।
चीनले गत वर्ष द्वन्द्वग्रस्त तथा विपन्न मुलुकका गरिब, भूकम्पपीडित र बाढीपीडित परिवारलाई कोभिड–१९ विरुद्धको खोप, जाडो लुगा, टेन्ट र खाद्यान्न उपलब्ध गराएको थियो । - (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा साँझदेखि कर्फ्यु लगाउने तयारी
-
बालाजुको औद्योगिक क्षेत्रमा आगलागी
-
प्रजा राज्यलक्ष्मी देवी सिंह : जो राष्ट्रिय पञ्चायतमा उपाध्यक्ष हुने प्रथम महिला बनिन्
-
वीरगञ्जमा हनुमान जयन्त्रीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबिच झडप
-
बराबरीमा रोकिए झापा र पोखरा
-
वीरगञ्जमा झडपः पसल र मोटरसाइकलमा आगजनी, प्रहरीद्वारा अश्रुग्यास प्रहार