करेन्ट लागेर एक जनाको मृत्यु
आइतबार, २६ चैत २०७९, १५ : ०८
सल्यान । सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका-१ दमाचौरस्थित वर्ल्ड लिङ्कको कार्यालय श्रीनगर सल्यानमा कार्यरत शारदा नगरपालिका-२ डाँडागाउँ बस्ने ४२ वर्षीय प्रह्लाद शाहको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।
फाइबर लाइन बिस्तार गर्नको लागि विद्युत्को पोलमा सिडी लगाउने क्रममा एक्कासि करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय दीर्घायु मेडिकल हुँदै जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राइटनको पोष्टमा नटिङघमको गोल वर्षा, क्रिस उडले गरे ह्याट्रिक
-
मोहम्मद सालाहले लिभरपुललाई दिलाए शानदार जित
-
फिलाडेल्फिया विमान दुर्घटना : कारमा सवार परिवार समेत सखाप
-
१२ बजे, १२ समाचार : आमाबुबा र मावलीबाटै १४ वर्षीया किशोरीको हत्यादेखि सयौँ वर्ष पुराना चौतारा मासेर कोटिहोमलाई दाउरासम्म
-
शान्ति समाजको सभापतिमा पौडेल निर्वाचित
-
डोटीमा आठ करोडको सुन्तला उत्पादन