रियल म्याड्रिड भिल्लारियालसँग पराजित
काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिड भिल्लारियालसँग पराजित भएको छ । घरेलु मैदानमा रियल भिल्लारियालसँग ३–२ को अन्तरले पराजित भएको हो ।
रियल भन्दा एक खेल कम खेलेको बार्सिलोना ७१ अङ्कका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको रियल शीर्षस्थानमा रहेको बार्सिलोनासँग १२ अंकले पछि परेको छ ।
सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलको पहिलो हाफको १६औँ मिनेटमा पाउ टोरेसको आत्मघाती गोलबाट रियलले अग्रता लिएको थियो तर ३९औँ मिनेटमा भिल्लारियालका सामुइल चुकविजीले गोल फर्काउँदै खेललाई पहिलो हाफमा १–१ को बराबरीमा ल्याउन सफल भए । खेलको थप समय अर्थात ४८औँ मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई पुनः २–१ को अग्रता दिलाए ।
पहिलो हाफमा २–१ को अग्रता कायम गरे पनि दोस्रो हाफमा भने रियलले अग्रता जोगाउन सकेन, खेलको ७०औँ मिनेटमा भिल्लारियालका जोश लुइस मोरालेसले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याई दिए ।
अन्त्यन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक देखिएको खेलको दोस्रो हाफको ८०औँ मिनेटमा सामुइल चुकविजीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै भिल्लालाई ३–२ को अवस्थामा अघि बढाए ।
साथै, ८३औँ मिनेटमा रेफ्रीले रियललाई पेनाल्टी प्रदान गरेको पनि भिल्लाले त्यसलाई अस्विकार गरयो । त्यसपछि भिएआरबाट परिक्षण गरी हेर्दा भने भिल्लाले भने झै रियलले पेनाल्टी पाएन । अन्ततः त्यसपछि थप गोल निस्कन नसक्दा रियल घरेलु मैदानमा नै ३–२ ले पराजित हुन पुग्यो ।
यस हारसँगै रियल २८ खेलबाट ५९ अङ्कमा सीमित भएको छ भने भिल्लारियल ४७ अङ्क जोडेर पाँचौं स्थानमा उक्लिएको छ । शनिवारको खेलमा पराजित भएसँगै बार्सिलोनासँग अङ्क फराकिलो गर्न रियल बाध्य भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल नतिर्ने उद्योगको सेयर रोक्का गर्न विद्युत् प्राधिकरणको पत्राचार
-
प्रधानमन्त्री ओलीको चीन भ्रमण : बीआरआईका कारण अरु एजेण्डा ओझेलमा
-
मन्त्रालयको विषयगत लक्ष्य हासिल गर्नेगरी अघि बढ्न प्रधानमन्त्रीको निर्देशन
-
इमरान खानका समर्थकले अस्थायी रूपमा फिर्ता लिए प्रदर्शनका कार्यक्रम
-
भारतलक्षित ज्ञवालीको टिप्पणी : द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन
-
राष्ट्रिय चलचित्र पुरस्कार : विपिन र स्वस्तिमा उत्कृष्ट