नेशनल एकेडेमी र होटेल सेभेन स्टारबीच द्विपक्षीय सम्झौता
काठमाडौँ । नेशनल एकेडेमी फर फाईनान्सियल सर्भिसेज प्रालि (न्याफ्स) र चितवन सौराहास्थित होटेल सेभेन स्टार प्रालिबीच संस्थागत सल्लाहकारको सेवा लिने दिने बिषयमा द्विपक्षीय सम्झौता भएको छ। काठमाडौँ बत्तिसपुतलीस्थित होटल द्वारिकामा शुक्रबार आयोजित एक कार्यक्रमबीच न्याफ्स र सेभेन स्टारबीच उक्त सम्झौता भएको हो ।
नेशनल एकेडेमीको तर्फबाट कम्पनीका संस्थापक अध्यक्ष रमेशकुमार भट्टराई र होटल सेभेन स्टारको तर्फबाट प्रबन्ध सञ्चालक माधव दवाडीले समझौतामा हस्ताक्षर गरेका छन् ।
वैशाख पहिलो हप्ताबाट सञ्चालन हुन थालेको सर्भिसेजले बैंक बित्तिय संस्था, बीमा कम्पनी,सहकारी, धितोपत्र कम्पनी, मर्चेन्ट बैकंर, भेन्चर क्यापिटल तथा सबै प्रकारका उद्योग व्यवसायलाई सहयोग पुग्ने गरि काउन्सिलिङ,कन्सलटेन्सी र तालिम प्रदान गर्ने उद्देश्य राखेको छ।
सम्झौतामा नेशनल एकेडेमीले होटल सेभेन स्टारको अपग्रेडेसन, कारोवार र क्षमता विस्तार, लगानी श्रोतको व्यवस्थापन, पब्लिक लिमिटेड कम्पनीमा लागि सर्वसाधारण शेयर निष्काशन, होटलको सिस्टम डेभलपमेन्ट लगायतको काममा सल्लाहकारको सेवा प्रदान गर्ने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्दुरे रोगको प्रकोप कम गर्न मंसिर २५ गतेभित्र गहुँ छर्न सुझाव
-
जोर्डनमा इजरायली दूतावास नजिक भएको गोलीबारीमा एकको मृत्यु, ३ प्रहरी घाइते
-
प्रतिनिधिसभा सचिव अधिकारीले दिए राजीनामा
-
एमालेलाई जरिवानाको पत्र बुझाउन महानगरको टोली च्यासल जाँदै
-
सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ सोमबारदेखि
-
भारतले एक दिनमै ६४ करोड मत गनेपछि एलन मस्कको यस्तो प्रतिक्रिया