शीर्ष चारमा पकड बलियो बनाउँदै युनाइटेड
शनिबार, २५ चैत २०७९, २० : ०१

म्यानचेस्टर । रेलिगेसनको खतरामा रहेको एभर्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको शीर्ष चारमा आफ्नो पकड बलियो बनाएको छ । शनिबार भएको खेलमा युनाइटेड २–० गोलले विजयी बन्यो ।
युनाइटेडको जीतमा स्कट म्याकटोमिने र एन्थोनी मार्सियालले एक–एक गोल गरे । खेलको पहिलो हाफमा म्याकटोमिनेले युनाइटेडलाई अग्रता दिलाए भने मार्सियालले खेलको ७१ औँ मिनेटमा गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । गत डिसेम्बर यता उनको यो पहिलो गोल थियो ।
एरिक टेन हागको टोलीले गोलका थुप्रै अवसरहरु गुमाएको थियो भने एभर्टनका गोलकिपर जोर्डन पिक्फर्डले युनाइटेडका धेरै प्रयासहरू विफल बनाएका थिए । २९ खेलपछि ५६ अङ्क बटुल्दै युनाइटेड लिगको तेस्रो स्थानमा छ भने ३० खेलपछि २७ अङ्क रहेको एभर्टन रेलिगेसन जोनमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकहरूबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने
-
संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष र शिक्षा समिति सभापतिबीच चर्काचर्की
-
देशको नीति कार्यक्रममा कर्णालीले खोजेका बुँदा
-
बुटवलमा श्रमिकलाई नगदसहित सम्मान
-
यथार्थ धरातलमा टेकेर प्रदेशले बजेट ल्याउँछ : मुख्यमन्त्री आचार्य
-
आरआर क्याम्पसमा सहमतिमा स्ववियु गठन