विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा । झापामा विभिन्न मुद्दामा फरार प्रतिवादीहरू पक्राउ परेका छन्। ठगी, जबरजस्ती करणी र सवारी ज्यान मुद्दाका ३ जना फरार प्रतिवादीहरूलाई इलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा दमक नगरपालिका-८ बस्ने ४१ वर्षीय वेद प्रसाद सेडाई, सोही नगरपालिका-३ बस्ने ३६ वर्षीय नगेन राई र सोही नगरपालिका-७ बस्ने ४५ वर्षीय पवन लिम्बु रहेका छन् । जसमध्ये वेद प्रसादलाई शुक्रबार र नगेन र पवनलाई बिहीबार प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।
उनीहरूमध्ये वेद प्रसाद सेडाईलाई जिल्ला अदालत झापाको २०६९ चैत २० गतेको फैसलाले ठगी मुद्दामा ५ दिन कैद र १ हजार रुपैयाँ जरिवाना, नगेन राईलाई सोही अदालतको २०६७ फागुन १७ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय र पवन लिम्बुलाई सोही अदालतको २०७५ असार ५ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ वर्ष ११ महिना ४ दिन कैद सजाय ठहर भएको थियो ।
उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल बैङ्कले बोलायो साधारणसभा, तीन सञ्चालक निर्वाचन गर्ने एजेन्डा
-
सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन : सांसद चन्द
-
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण
-
आज पनि बढ्यो सुनको मूल्य, तोलामा कतिमा हुँदैछ कारोबार ?
-
प्रादेशिक अस्पतालबाट निजी अस्पतालमा पठाइएका बिरामीको मृत्यु, घटनाको छानबिन गर्न माग
-
हिजो विद्रोहको प्रतीक रहेको झापाबाट आज प्रतिक्रान्तिको खतरा देखियो : प्रचण्ड