एक हजार दरको नक्कली नोटसहित एक जना पक्राउ
शनिबार, २५ चैत २०७९, १८ : ४०
सर्लाही । एक हजार दरको नक्कली नोटसहित एक युवक पक्राउ परेका छन् । बरहथवा नगरपालिका-१७ बागमती सिचाई नहरस्थित सडकबाट नेपाली एक हजार दरको २ सय ६८ थान नक्कली नोटसहित बलरा नगरपालिका-५ अर्नाहा बस्ने ३० वर्षीय राम प्रसाद रायलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय बरथहवाबाट खटिएको प्रहरीले बिआर ३० एम ३८२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक राम प्रसादको साथबाट उक्त नोट, कागजको बन्डल २४ थान, २ रिम प्रिन्टर पेपर, र पत्रिका १ बन्डलसहित फेला पारी पक्राउ गरेको थियो । साथै उक्त स्थानबाट बिआर ३० ए ५९६८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुमारी सहकारीको डेढ अर्ब हिनामिना, पाँच जना पक्राउ
-
चाँदनीको हत्या प्रकरणमा आमा र बुवा पनि पक्राउ, ६ जनाविरुद्ध पाँच दिनको म्याद थप
-
केबलकार निर्माणको कार्यलाई स्थगन गरी निकास दिन राप्रपा नेपालको माग
-
सांसदहरूको महत्त्वपूर्ण विधायिकी भूमिकाले सच्चिन सक्छ सामाजिक सञ्जाल विधेयक
-
जसपा नेपालको कार्यकारिणी समिति बैठक थप एकदिन लम्बियो
-
ललितपुरमा दुईवटा घर भाडामा लिएर अनलाइन सट्टेबाजी, ३ अर्ब ४ करोड कारोबार