शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थलको पुनर्संरचना प्रस्ताव १५ दिनभित्र प्रस्तुत गर्न गृहमन्त्रीको निर्देशन

भने, ‘यहाँबाट अपराध आयात नहोस्’
शनिबार, २५ चैत २०७९, १६ : १०
शनिबार, २५ चैत २०७९

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको शनिबार अनुगमन गरेका छन्।  गृहसचिव बिनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित श्रेष्ठ विमानस्थल पुगेका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठलाई अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रामबाबु सुवेदी, नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक  प्रमुख प्रतापबाबु तिवारी एवम् सुरक्षा निकायका अधिकारीले विमानस्थल प्रशासनका चालु गतिविधिहरू र नयाँ योजनाको आवश्यकताबारे रिपोर्टिङ गरेका थिए । रिपोर्टिङ सुनिसकेपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले विमानस्थलको हेल्प डेस्कलाई प्रभावकारी बनाउन र गतिविधिहरूलाई डिजिटलाइज गर्न जरुरी रहेको बताउनुभयो। विमानस्थलको तत्काल र दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनर्संरचना प्रस्ताव प्रस्तुत गर्न समेत उनले निर्देशन दिए।

WhatsApp Image 2023-04-08 at 16.03.55

निर्देशनात्मक मन्तव्यका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सुरक्षा संवेदनशीलताको पाटोबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अत्यन्तै महत्त्वको ठाउँ भएकोले त्यसलाई कमजोर गर्ने कुनैपनि प्रवृत्ति र व्यवहारलाई छुट दिन नसकिने बताए । 'अन्तराष्ट्रिय विमानस्थल भनेको राष्ट्रिय पहिचान हो.' श्रेष्ठले भने, 'यहाँबाट अपराध आयात नहोस् भनेर हामी अतिरिक्त सक्रिय हुनु जरुरी छ।'

WhatsApp Image 2023-04-08 at 16.03.53

विमानस्थल प्रशासन नेपाल घुम्न आउने विदेशी पर्यटक र विदेशमा रोजगारी गर्न जाने नेपाली श्रमिक दुबैप्रति अत्यन्त सहृदयी हुनु जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए। पर्यटकको प्रवेशद्वार आफैँमा त्यो देशको संस्कृति र सभ्यताको द्वार हुनुपर्ने धारणा उनको थियो। त्यस्तै  विप्रेषणबाट देशको अर्थतन्त्र धानिरहेका वैदेशिक श्रमिकलाई हेप्ने, दु:ख दिने र झन्झट थोपर्ने काम सैह्य नहुने उनले बताए।

WhatsApp Image 2023-04-08 at 16.03.56 (1)

राजनीतिक परिवर्तनले हरेक क्षेत्रमा गुणात्मक सुधार स्थापित गर्न सक्नुपर्ने र सबै निकायबीचको सामुहिकता एवम् अनौपचारिक सेवाभावले नै त्रिभुवन विमानस्थलको  समेत सुधार हुनसक्नेमा उपप्रधानमन्त्री श्रेष्ठले सचेत गराए।

WhatsApp Image 2023-04-08 at 16.03.58

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप