हामीले जेल कोच्ने भनेर लिस्ट बनाएकाहरूले हाम्रो आलोचना गर्दैछन् : रवि लामिछाने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्ट मानिस र युवाहरुलाई पलायन गर्ने राजनीतिक दलका नेतालाई जवाफ दिन नसकिने बताएका छन् । चितवन–२ को उपनिर्वाचनका लागि आयोजना गरिएको आँबुखैरनी सभालाई शनिवार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । सभापति लामिछानेले ३० वर्ष सरकारको नेतृत्व गर्नेहरुले युवाहरुलाई देशबाट पलायन गराएको आरोप पनि लगाए ।
नौं महिना अघि खुलेको पार्टी र ३० दिन मात्र सरकार चलाएको पार्टीलाई प्रश्न गर्ने ठाउँ नभएको पनि उनको भनाई छ । ‘हामीलाई त्यस्ता मान्छेहरुले आलोचना गरिरहेका छन्, जसलाई हामीले जेल कोच्ने भनेर लिस्ट बनाइराखेका छौं,’ लामिछानेले भने, ‘त्यसैले भ्रष्ट मानिसहरुले सोधेको जवाफ एउटा पनि दिन्न किनकि तीनलाई जेल कोच्ने हो, जवाफ दिएर हिँडने होइन ।’ उपनिर्वाचन नजिकिँदैँ गर्दा उम्मेदवारहरुको चुनावी सभाहरु सुरु हुन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्ति विवादसम्बन्धी रिट चौथो दिन पनि हेर्न नभ्याइने
-
किन स्थगित भयो कांग्रेस केन्द्रीय समिति बैठक ?
-
तीनकुने घटनामा मृत्यु भएकाको परिवारलाई दश लाख रुपैयाँ दिने लगायत ‘क्याबिनेट’ ले गर्यो यी १९ निर्णय
-
एमालेको ‘यूथ सेलिब्रेशन’ कार्यक्रमको सम्पूर्ण तयारी पुरा
-
राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक
-
अस्ट्रेलियन क्रिकेट टोलीका पूर्व उपकप्तानको निधन