बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

हक्की प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

शनिबार, २५ चैत २०७९, १५ : ००
शनिबार, २५ चैत २०७९

विराटनगर । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा विभागीय टोली आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश पुगेका छन् । 

शनिबार लिग चरणमा सबै समीकरण पूरा हुँदा अङ्क तालिकाको आधारमा समूह ‘ए’ तर्फ त्रिभुवन आर्मी क्लब पहिलो र दोस्रो स्थानमा नेपाल पुलिस छन् । समूह ‘बि’ तर्फ पहिलो सुदूरपश्चिम प्रदेश र दोस्रो मधेस प्रदेश रहेका छन् । 

प्रतियोगिताको आइतबार हुने सेमिफाइनलको पहिलो खेल आर्मी र मधेस प्रदेश तथा दोस्रो खेल सुदूरपश्चिम र पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

विराटनगरको सहिद रंगशालामा भइरहेको प्रतियोगिताअन्तर्गत पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ५–३ गोलमा पराजित गरेको छ । सुदूरपश्चिमका दीपकराज जोशीले २ गोल, wLरेन्द्रबहादुर , शेरबहादुर चन्द र महेश नेपालीले समान १–१ गोल गरेका थिए । मधेस प्रदेशका विशाल क्षेत्री, रूपक दाहाल र रुपेश राईले समान १–१ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका महेश नेपाली भए । 

त्यस्तै, अर्को खेलमा गण्डकी र कर्णाली प्रदेशले २–२ गोलको बराबरी खेलेर अङ्क बाँड्दै लिग चरणबाट बाहिरिएका छन् । गण्डकीका संगम जेटी र असीम बाहेकले गोल गरे । कर्णालीका लागि जीवन राउतले २ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच कर्णालीका जीवन राउत भए ।  

शुक्रबार राति भएको खेलमा साबिक विजेता त्रिभुवन आर्मीले पूर्व विजेता गण्डकी प्रदेशलाई ८–१ को फराकिलो गोल सङ्ख्यामा पराजित गरेको छ । आर्मीका रोमन रानाले ३ गोल, काशीराजले २ गोल, देवसिंह धामी र प्रदीप राजवंशीले समान १–१ गोल गरे । गण्डकीका असीम बाहेकले एक गोल फर्काए । खेलको म्यान अफ द म्याच आर्मीका नितिश न्यौपाने भए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप