प्रहरीलाई बालेन शाहको आग्रह : बाटो मिचेर बनाइएका संरचना हटाऔं

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेपाल प्रहरीलाई महानगरभित्र बाटो मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेका छन् । मेयर शाहले कानुन कार्यान्वयन गर्ने जिम्मेवारी पाएको प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउनु गलत भएको बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन् : ‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।’ शाहले काठमाडौं महानगरभित्र अवैध ढंगले बनाइएको प्रहरी संरचनाका तस्बिहरु पनि पोष्ट गरेका छन् ।
फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनुपर्छ भनेर आफूहरुले त्यहाँ व्यापार गर्न रोकेको बताउँदै उनले यो नियम सर्वसाधारणका लागि मात्रै नभई सबैका लागि लागू हुनुपर्नेमा जो दिएका छन् । मेयर शाहले विदेशी राजदूतावास र नियोगका हकमा पनि सम्बन्धित मन्त्रालयमा पत्राचार गरिसकिएको जानकारी दिएका छन् । ‘राजदूतावास लगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ । कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनुपर्छ । तयार बनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति युनविरुद्ध पक्राउ वारेन्ट कार्यान्वयनमा बाधा पुर्याएको आरोपमा पनि मुद्दा दर्ता
-
मिर्गौलामा समस्या हुँदा शरीरले दिन्छ यी १० संकेत
-
अभिनेता रायमाझीलाई पितृशोक
-
पर्याप्त बजेट अभावमा चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्न कठिन
-
ओलीलाई पुनको प्रश्न : दमकमा भ्यू टावर बनाउँदा वरपर ५ हजार सुकुम्वासी छन् भन्ने किन बिर्सनुभयो ?
-
प्रधानसेनापति म्याराथनमा नेपाली सेनाका खड्का प्रथम