प्रधानमन्त्री प्रचण्डद्वारा गोरखा अस्पतालमा आइसियूको उद्घाटन
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा अस्पतालको सघन उपचार कक्ष (आइसियू) को आज उद्घाटन गरेका छन् । अस्पताल स्थापनाको ५० वर्ष पुगेको अवसरमा आजदेखि सञ्चालनमा ल्याइएको आइसियू सेवाको उनले उद्घाटन गरेका हुन् । प्रधानमन्त्री दाहाल अस्पतालको स्वर्णजयन्ती समारोहका सहभागी हुन दिउँसो यहाँ आइपुगेका हुन् ।
स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले अस्पतालको स्तरोन्नतीका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । “प्रधानमन्त्रीको हैसियतले मैले यसै पनि सहयोग गर्नुपर्ने हुन्छ”, उनले भने, “अझ म यस क्षेत्रको जनप्रतिनिधि पनि भएकाले अझैँ बढी मेरो जिम्मेवारी छ ।”
सोही अवसरमा प्रधानमन्त्री दाहालले अस्पतालको स्वर्ण जयन्ती स्तम्भ अनावरण, स्मारिका विमोचन, अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा अस्पतालका पूर्वकर्मचारीलाई सम्मानसमेत गरे । सो अस्पतालको २०२९ साल चैत २४ गते स्थापना भएको हो ।
जिल्लामा १५ शय्याबाट सेवा सुरु गरेको अस्पताल विसं २०६९ देखि ५० शय्यामा स्तरोन्नती भएर सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालमा आइसियू नहुँदा आइसियूमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई जिल्ला बाहिरका अस्पतालमा पठाउनुपर्ने बाध्यता रहँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँ हिरासत फिर्ता
-
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
-
अपहरणमा संलग्न दुई आरोपी पक्राउ
-
नेपाल-जापान व्यापार सम्बन्ध सुधार्न निप्पोन चेम्बर एण्ड इन्डस्ट्रीज स्थापना
-
बेलबारीमा कुमारी बैंकले गर्यो उद्यमी प्रशिक्षण कार्यक्रम
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?