श्रीलङ्कामा रेल दुर्घटना हुँदा १६ जना घाइते
शुक्रबार, २४ चैत २०७९, २१ : १५

ढाका । पूर्वी श्रीलङ्काको त्रिन्कोमालीस्थित एक रेलवे स्टेसननजिकै शुक्रबार दिउँसो रेल दुर्घटना हुँदा कम्तीमा १६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार उक्त घटनामा नौ महिला, पाँच पुरुष र दुई बालक घाइते भएका छन् र उनीहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।
रेल विभागका अनुसार रेलको तीन भागमा पूरै क्षति पुगेको छ भने रेल विभागका दुई कर्मचारी घाइते भएका छन् ।
श्रीलङ्कामा रेल दुर्घटना हुनु सामान्य कुरा हो । तथापि, यस्ता दुर्घटनाहरूबाट घातक चोटपटकहरू भने कमै हुने गरेको पाइन्छ ।
रेल विभागका अनुसार श्रीलङ्कामा सन् २०२० मा २९, सन् २०२१ मा ३४ र सन् २०२२ को नोभेम्बरसम्ममा ४५ वटा रेल दुर्घटना भएका थिए ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली र भारतीय कृषिमन्त्री चौहानबीच भेटवार्ता
-
दुई आयोगका पदाधिकारी र सदस्यका लागि निवेदन दिने १० दिनको समय निर्धारण
-
ट्रम्पले १ सय ४ प्रतिशत कर लगाएपछि चीनले अमेरिकामाथिको कर ८४ प्रतिशत पुर्याइयो
-
इजरायलले गाजामा गर्यो आक्रमण : २९ जनाको मृत्यु
-
नेपालमा चोरी, भारतमा बिक्री : ६ वटा मोटरसाइकलसहित गिरोह पक्राउ
-
पर्सामा लागुऔषध रोकथामसम्बन्धी तीन महिने सचेतनामूलक कार्यक्रमको शुभारम्भ