बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
हराएको गहना खोज्ने हाँडीगाउँ जात्रा सम्पन्न, तस्बिरहरु
फोटोफिचर

हराएको गहना खोज्ने हाँडीगाउँ जात्रा सम्पन्न, तस्बिरहरु

शुक्रबार, २४ चैत २०७९

काठमाडौँ । काठमाडौँको हाँडीगाउँमा गहना खोज्ने जात्रा शुक्रबार सम्पन्न भएको छ । गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि जात्रा सम्पन्न भएको हो ।  

यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर देवीको गहना खोज्ने गरिन्छ। टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी बताइन्छ ।

यसबाट रिसाएकी भाटभटेनीले राति नै फर्किएको भन्ने कथन छ । जुनबेला हराएको गहना नै प्रत्येक वर्ष यसरीनै खोज्ने गरिएको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया