सत्ता प्राप्तिका लागि हत्याकाण्ड मच्चाउने राजतन्त्र चाहिँदैन : मन्त्री मोदी
शुक्रबार, २४ चैत २०७९, १९ : ०४
१

उदयपुर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सत्ता प्राप्तिका लागि हत्याकाण्ड मच्चाउने राजतन्त्र नचाहिने बताएका छन् ।
थारु कल्याणकारी सभा जिल्ला समिति उदयपुरको ९ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
कोतपर्व, भण्डारखाल पर्वदेखि दरबार हत्याकाण्डसम्म केवल सत्ता प्राप्तिका लागि भएको भन्दै उनले भने, “सत्ता जोगाउन वा सत्ता प्राप्त गर्नका लागि फेरि नयाँ हत्याकाण्ड मच्चाउन हामीलाई राजतन्त्र चाहिएको छैन ।”
मन्त्री मोदीले दरबार हत्याकाण्डको मुख्य लक्ष्य पनि सत्ता प्राप्ति भएको बताए ।
जनताका छोराछोरीले आफ्ना प्रतिनिधि छान्न पाउने व्यवस्थामा मुलुक आइपुगिसकेकाले अब पछाडि फर्किन नसक्ने पनि उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा एसी मिलानको शानदार जित
-
वैशाख पहिलो साता कर्णाली एजुकेशन एक्स्पो हुने
-
यसरी बन्दैछ त्रिवि मैदानमा प्यारापिट, तस्बिरहरू
-
ला लिगामा ३१ औं चरणका खेल सुरु, भ्यालेन्सियाले सेभियालाई हरायो
-
फाइनलमा स्थान पक्का गर्ने लक्ष्यसहित मैदानमा उत्रँदै अपराजित नेपाल
-
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ निर्वाचित