‘आकस्मिक समय’ मा सांसद बलायरले नियम बाहिर बोलेपछि सभामुखले रोके

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरलाई संसदको आकस्मिक समयमा बोल्नुपर्ने विषय नराखेपछि बोल्न रोकेका छन् । सांसद बलायरले सुदूरपश्चिम प्रदेशको राजधानी तय नभएको बारेमा भनाई राख्दै गर्दा सभामुखले रोकेका हुन् । सभाुमख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियम १ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सांसद बलायरले बोलेको विषय हिजोको बैठक र आजको बैठक बीचको घटना वा विषय नभएकोले आफ्नो भनाई रोक्नका लागि आग्रह गरे ।
‘वास्तवमै नेपालको संविधान २०७२ ले देशको लोकतान्त्रिक गणतन्त्र र समावेशिता जुन तय गरिएको छ त्यसको उपजले आज हामी यहाँ उपस्थित भएका छौँ । देशका ७ वटा प्रदेशमध्ये ६ वटाको प्रदेश राजधानी तय भइसकेको, सुदूरपश्चिमको राजधानी त्यहाँको संसदले २०७५ सालमै २ तिहाईबाट तय गर्दा पनि अहिलेसम्म केन्द्रीय सरकारले
भोगाधिकार दिन नसकेको जटिल परिस्थिति सिर्जना भएको छ.....’ । सांसद बलायरले यति भनेपछि सभामुख घिमिरेले उनलाई प्रतिनिधि सभा नियमावलीको व्यवस्था सम्झाउँदै थप बोल्न रोकेका हुन् । ३ मिनेट बोल्नका लागि समय दिइने संसदको आकस्मिक समयमा तत्कालको जल्दोबल्दो राष्ट्रिय समस्याका बारेमा धारणा राख्नुपर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : संसद्मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म
-
राजा खोज्नु भनेको बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नुजस्तै हो- सञ्चारमन्त्री
-
१६ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सकियो
-
यी हुन् निर्विरोध निर्वाचित भएका अखिल क्रान्तिकारीका सभापति र क्याम्पस
-
निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुने गरी बजेटमा व्यवस्था गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड
-
राष्ट्रिय सुरक्षामा देखिएका नयाँ–नयाँ आयामलाई मनन गर्न प्रधानमन्त्रीको जोड