ट्विटरमा फेरि फर्कियो चरा
शुक्रबार, २४ चैत २०७९, १३ : २७

ट्विटरको चर्चित निलो चरा प्लेटफर्ममा फर्किएको छ । ट्विटरको चराको लोगोलाई डोजकोइनको लोगोले प्रतिस्थापन गरेर सबैलाई चकित पारेको केही दिनपछि अर्बपति तथा माइक्रोब्लगिङ साइटका मालिक एलन मस्कलाई निलो चरालाई पुनः फिर्ता ल्याएका छन् ।
सानो निलो चरासँग अभ्यस्त भएका विश्वभरका ट्विटर प्रयोगकर्ताले यसमा शिबा इनु प्रजातिको कुकुरको लोगो राखिएपछि मानिसहरूमा एक प्रकारको कौतुहलता जागेको थियो ।
आखिर किन एलनले यस्तो गरे ? मस्कले लोकप्रिय क्रिप्टोकरेन्सी कम्पनी– डोजक्वाइनको लोगोलाई ट्विटरमा राख्दा पनि यसबारे सार्वजनिक रूपमा केही जानकारी दिएका थिएनन् । अहिले ट्विटरमा चरा फर्किसकेपछि पनि उनको तर्फबाट कुनै बयान आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरको अरनिको कलेजले जित्यो हिसान क्रिकेटको उपाधि
-
माओवादीमा लागेको रोगको उपचार गर्ने ठाउँ नभएकाले फेरि जनतामा आयौँ : प्रचण्ड
-
विरोधको सूचना दर्ता गर्ने दाहाल प्रतिनिधिसभामा अनुपस्थित
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
१० निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा
-
नेपालमा व्यवस्था बदल्ने बेला आयो : राणा