जापानी हेलिकोप्टरको राडारसँग सम्पर्क विच्छेद

टोकियो । बिहीबार जापानको दक्षिणपश्चिमी प्रान्त ओकिनावाको सामुद्रिक क्षेत्रबाट १० जना सवार जापानी हेलिकोप्टरको राडारसँगको सम्पर्क विच्छेद भएको छ ।
ग्राउन्ड सेल्फ डिफेन्स फोर्स (जीएसडीएफ) हेलिकोप्टरको राडारसँगको सम्पर्क विच्छेद भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सरकारी प्रसारक एनएचकेले रक्षा मन्त्रालय र अन्य स्रोतलाई उद्धृत गर्दै भनेको छ, “ओकिनावा प्रान्तको मियाकोजिमा टापूको विमानस्थलबाट करिब १८ किलोमिटर उत्तरपश्चिममा स्थानीय समयअनुसार अपराह्न ४ः४० बजे युएच–६० बहुउद्देश्यीय हेलिकोप्टर राडारको सम्पर्कबाट टाढिएको थियो ।”
मियाकोजिमाबाट अपराह्न ४ बजेअघि उडेको उक्त हेलिकप्टर साँझ ५ बजेपछि टापुमा फर्कने कार्यक्रम रहेको एनएचकेले जनाएको छ ।
विमानमा दुई पाइलट, दुई मेकानिक्स र छ चालक दलका सदस्य रहेको र सबै सेल्फ डिफेन्स फोर्सका सदस्य रहेको जीएसडीएफले जनाएको छ ।
सामुद्रिक क्षेत्रमा खटिएका सुरक्षा गार्डले कुमामोतो प्रिफेक्चरको एक युनिटसँग सम्बन्धित र निगरानी गतिविधिमा संलग्न रहेको हेलिकप्टरको खोजीका लागि नजिकैको पानीमा चारवटा गस्ती जहाज पठाएको रिपोर्टमा उल्लेख छ ।
उक्त क्षेत्रमा स्थानीय समय अनुसार साँझ ६ बजेर १० मिनेट जाँदा जहाज पुगेको र उक्त विमान पुग्दा मौसमको अवस्था मध्यम रहेको बताइएको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म