माओवादी उपमहासचिव शर्माले भने–केही दिनमै समाजवादी मोर्चाको घोषणा हुन्छ

सुर्खेत । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं संगठन विभाग प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ले अबको केही दिनभित्रै समाजवादी मोर्चाको घोषणा हुने बताएका छन् ।
बिहीबार माओवादी केन्द्र कर्णाली प्रदेशको संगठन विभागको कार्यक्रममा बोल्दै शर्माले समाजवादी मोर्चाको घोषणा गर्नका लागि आन्तरिक रूपमा तयारी तीव्र छलफल भइरहेको बताएका हुन् ।
शर्माले तीन दलहरुकाबीच समाजवादी मोर्चा भन्न लागेको जानकारी दिए । तर, उनले कुन–कुन दलहरुबीच समाजवादी मोर्चा भन्दै छ त्यो भने खुलाएनन् । यस्तै शर्माले माओवादी कार्यकर्तालाई उत्पादनमा जोडिन आग्रह गरे ।
उनले भने,‘ माओवादीले सामाजिक, सांस्कृतिक अभियानलाई अगाडि बढाउनुपर्ने छ । त्यसका विविध खालका कुराहरू आउँछन् । यो अभियानलाई सार्थकता तुल्याउने गरी अघि बढ्नु आजको आवश्यकता हो । यही नै समाजवादी यात्राको जग हो ।’
शर्माले माओवादीलाई अब नयाँ तरिकाले अगाडि बढाउनुपर्ने बताए । यस्तै उनले प्रदेश सरकारको हकमा केन्द्रीय गठबन्धनले निर्णय गर्ने र अबको केही दिनमै निकास पाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख अन्तिममा जुम्ला-रारा अल्ट्रा म्याराथन
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म