हिमाल सरसफाइ अभियानमा कोका–कोलाको साथ
काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा “हिमाल बचाउने प्रयास” नारा सहित आयोजना भइरहेको चौथो हिमाल सरसफाइ अभियानमा कोका–कोला फाउन्डेसनले यो वर्ष पनि सहकार्य गरेको छ । अन्य थुप्रै सरोकारवाला निकायहरूको पनि सहभागिता रहेको यस अभियानमा दि कोका–कोला फाउन्डेसन अहिलेसम्मको प्रमुख सबै भन्दा ठुलो डोनर रहेको जनाइएको छ ।
यो अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठुलो हिमाल सरसफाइ अभियान हो । पर्वतारोहीहरूले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदूषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने यो अभियानको उद्देश्य भएको जनाइएको छ ।
सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुण हिमाल गरी ८,००० मिटर भन्दा अग्ला हिमालहरू सरसफाइ गर्ने यो कार्यक्रममा कोका–कोला सहित थुप्रै सरोकारवाला निकायहरु पनि सहभागि रहेका छन् । चैत्र १४ देखि जेठ २२ सम्म सञ्चालन हुने यो अभियानमा करिब ३५ टन फोहोर संकलन हुने अनुमान गरिएको छ । संकलन भएका सबै फोहोरहरु उचित व्यवस्थापनको लागि रि–साइक्लिङ पार्ट्नरहरुलाई हस्तान्तरण गरिनेछ ।
प्रतिकुल मौसम र हाइ अल्टिच्युडमा कठिन काम गर्नुपर्ने हुनाले यो अभियानमा संलग्न हुने टोलीलाई विगत केही महिनादेखि विशेष तालिम प्रदान गरिएको छ । टोलीमा आरोही, डाक्टर र शेर्पाहरू छन् । प्रत्येक टोलीको नेतृत्व एक क्याम्पेन लिडरले गरेका छन्, जसलाई नेपाली सेनाका दुई बेस क्याम्प म्यानेजर र २ डेप्युटी डिरेक्टरहरु समावेश छन् । त्यसैगरी फोहोर सङ्कलन, लोडिङ र अन्य सहयोगको लागि ४५ शेर्पाहरु पनि रहेका छन् । त्यस्तै सञ्चालन, समन्वय र रियर अपरेसनको लागि अन्य २० जना कर्मचारीहरू रहेका छन् ।
कोका–कोला फाउन्डेसनका अध्यक्ष साडिया माड्सब्जर्गले भने,“पहाडी इकोसिस्टमले बाढीलाई नियन्त्रण गर्नुको साथै सफा पानी र हावा प्रदान गरी मानव जीवनलाई अत्यावश्यक सेवाहरू प्रदान गर्दछ । जलवायु परिवर्तन विशेष गरी पहाडहरूमा तीव्र छ र हामीले तिनीहरूलाई बचाउन काम गर्नुपर्छ । कोका–कोला फाउन्डेसनको सहयोगले आशा छ कि यस्ता पहलहरूले नेपाल र विश्वभरमा अझ बढी जलवायु कार्य सञ्चालन गर्न मद्दत गर्नेछ । हामीले नेपाली सेनालाई साथ दिन पाउँदा खुसी छौं र संलग्न सम्पूर्णमा सफलताको लागि शुभकामना दिन चाहन्छौँ ।”
नेपाली सेनाको नेतृत्वमा विभिन्न सरोकारवालाहरूसँगको सहकार्यमा सन् २०१९मा पहिलो पटक आयोजना गरिएको यस हिमाल सरसफाइ अभियानमा १०,५८६ किलो फोहोर सङ्कलन भएको थियो । सोही प्रयासलाई निरन्तरता दिँदै २०२१ मा पनि अभियानको दोस्रो संस्करण सञ्चालन गरिएको थियो जसमा ६ वटा हिमालबाट २७, ६७१ किलो फोहोर निकालिएको थियो । अभियानको तेस्रो संस्करण २०२२ मा भएको थियो जहाँ चारवटा हिमालबाट ३३,८७७ केजी फोहोर (७,२२७ केजी बायोडिग्रेडेबल र २६,६५० केजी नन–बायोडिग्रेडेबल) संकलन गरिएको थियो । सगरमाथा, ल्होत्से हिमाल, मनास्लु हिमाल र कञ्चनजङ्घा हिमालबाट संकलन भएका यस्ता फोहोरहरुमा अक्सिजन क्यानिस्टर, टेन्ट, खानेकुराका कन्टेनरहरू, प्लास्टिक र इलेक्ट्रोनिक फोहोर आदि पर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
-
ललितपुर जिल्लाभित्र बसोबास गर्ने माओवादी नेताहरुसँग छलफल