नेपाली बजारमा रेड्मी १२सी सार्वजनिक

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १२ सी नेपाली बजारमा सार्वजनिक गरेको छ। रेड्मी १२सी मिडियाटेक हेलियो जी८५ प्रोसेसरद्वारा संचालित बजेट मैत्री स्मार्टफोन भएको कम्पनीले जनाएको छ ।
यो फोनले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्टता संगै सहजता प्रदान गर्ने कम्पनीको नेपालस्थित मेनेजर अमित कुमार पंडाले जानकारी दिए । उनले भने, ‘रेड्मीमा हाम्रो उपभोक्ता नै हामीले गर्ने सबै कुराको केन्द्रबिन्दु हुन् । जसले हामीलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्दछ । हामीले भर्खरै सार्वजनिक गरेको रेड्मी १२सीले डिजाइनमा नयाँ स्तर ल्याएको छ ।’
रेड्मीले शाओमी फ्यान फेस्टिभलको अवसरमा उत्कृष्ट अफरको पनि घोषणा गरेको छ । रेडमी १२ सीको कुनै पनि भेरीएन्टको खरिदमा चैत्र २३ देखि बैशाख १७ सम्म रु ५०० छुट पाउन सकिने कम्पनीको भनाइ छ । रेड्मी 12 C: 3GB+32GB, 4GB+64GB, 6GB+128GB गरी तीन स्टोरेज भेरियन्ट र तीन रंग( ग्रेफैत ग्रे, ओचिएन ब्लू, ग्रीनमा उपलब्ध छ । यो फोनको मूल्य क्रमशः रु. १३,४९९ , रु. १४,४९९ र रु. १६,९९९ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो देशको क्रिकेट बोर्डभन्दा धनी छन् न्युजिल्यान्डका यी खेलाडी !
-
२०८२ सालमा व्रतबन्धको साइत ८ दिन मात्र, विवाहको कति ?
-
अपर म्याग्दी–१ को बाँध निर्माण सुरु
-
प्रकृति लम्साल मृत्यु प्रकरणमा सभामुखले समय नदिएकोमा जनार्दन शर्माको असन्तुष्टि
-
१२ घण्टा काम गर्ने दबाबका कारण बैङ्कको जागिर छाड्ने प्रवृत्ति बढ्यो : पूर्व कार्यकारी निर्देशक थापा
-
जीमेल तथा सामाजिक सञ्जालमा तपाईंको पासवर्ड कति बलियो छ ? यी हुन् सबैभन्दा कमजोर पासवर्ड