राजनीति
सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु, साझा न्यूनतम कार्यक्रमलाई अनुमोदन गर्ने तयारी
बिहीबार, २३ चैत २०७९, ०९ : ४५

काठमाडौँ । सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनको साझा न्यूनतम कार्यक्रमबारे छलफल भइरहेको छ ।
कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा ९ वटा विषयलाई प्राथमिकतामा राखिएको छ । सो कार्यक्रमलाई आजको बैठकले अन्तिम रूप दिने बताइएको छ । गठबन्धनको बैठकले अनुमोदन गरेपछि आजै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ ।
नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले सो साझा न्यूनतम कार्यक्रम बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमत पार्टी र नागरिक उन्मुक्तिको एकता वैशाखमा
-
'राजसंस्था फर्काउँछु भन्नु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै हो'
-
महिला तथा बालबालिकाका नाममा संघसंस्थाले लगे १ अर्ब २२ करोड
-
तौल घटाउन दही खाने कि मोही ?
-
योगी आदित्यनाथ बन्लान् नरेन्द्र मोदीको उत्तराधिकारी ?
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य