दोलखाको कालिञ्चोकमा भेटियो मानव कङ्काल
बिहीबार, २३ चैत २०७९, ०९ : १०
![दोलखाको कालिञ्चोकमा भेटियो मानव कङ्काल](https://npcdn.ratopati.com/media/news/shawa_VX7FwfDJnW.jpg)
दोलखा। दोलखाको कालिञ्चोक गाउँपालिका १ स्थित भैसे पात्लेखोलामा मानव कंकाल भेटिएको छ । पात्लेखोलामा फेला परेको शव सडेगलेको अवस्थामा कपडा र हड्डी केही भाग मात्रै देखिएको छ । उक्त स्थानमा मालिङ्गो काट्न जाने क्रममा मङगलबार दिउँसो करिब १ बजे मानव कङ्काल भेटिएपछि स्थानीयले वडाध्यक्ष पदमबहादुर थामीलाई खबर गरेका थिए ।
वडाध्यक्ष थामीले विगु चौकी , सिङगटी चैकी र चरिकोट प्रहरी चौकीमा खबर गरेको बताए । बुधबार बिहान करिब ८ बजे चरिकोट प्रहरीको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएर शव पोस्टमार्टमको लागि सदरमुकाम चरिकोट पठाएको रातोपाटीलाई वडाध्यक्ष थामीले बताए । उक्त शवको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता