एकल महिलाले जन्माएको बच्चाको जन्मदर्ता मावलीकै थरबाट हुने

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एक महिलाबाट जन्मेको बच्चाको जन्मदर्ता मावलीकै थरबाट गर्न देशभरिका वडालाई निर्देशन दिएको छ। एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता गर्ने विषयमा विभागले थप प्रस्ट पार्दै मावलीकै थरबाट जन्मदर्ता गर्न वडालाई पत्राचार गरेको हो ।
विभागले लेखेको पत्रमा भनिएको छ, 'विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानमा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने।'
त्यस्तै विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिन विभागले निर्देशन दिएको छ।
बच्चाको जन्म दर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्म दर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्म दर्ता गरिदिन पनि विभागले निर्देशन दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय