कोरोनाको नयाँ भेरियन्ट कम घातक, बढी सङ्क्रामक

काठमाडौँ । नेपालमा पहिलोपटक देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सविवि १.१६’ बढी सङ्क्रामक रहेको पाइएको छ ।
चिकित्सकका अनुसार नयाँ भेरियन्ट तुलनात्मकरुपमा कम घातक र बढी संक्रामक छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निमित्त निर्देशक डा हेमन्त ओझाले नयाँ भेरियन्टले दीर्घरोगी, रोगसँग लड्न क्षमता कम भएका मानिस, वृद्धावृद्धलाई बढी समस्या गराउन सक्ने बताए ।
भारतमा देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ नेपालमा पनि अनुवांशिक अध्ययन गर्दा १० वटा देखिएको उनको भनाइ छ । “भारतमा देखिएअनुसार नयाँ भेरियन्टका कारण धेरै संक्रमितलाई गम्भीर बनाएको देखिँदैन र अधिकांश अस्पताल भर्ना नभएको पाइएको छ”, उनले भने ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावलले नयाँ देखिएको ओमिक्रोनको भेरियन्ट घातकभन्दा पनि बढी मानिसलाई सार्ने बताइन् । “यो डेल्टा भेरियन्टभन्दा कम घातक छ”, उनले भने, “नयाँ भेरियन्टले मानिसमा भने चाँडै फैलिन सक्छ ।” उनले छिटो फैलिने भएकाले सर्तकता अपनाउन आग्रह गरिन् ।
नयाँ भेरियन्टबाट संक्रमितमध्ये हालसम्म चार जना अस्पतालमा भर्ना भएको उनले बताए । जसमध्ये तीन जना घर फर्किसकेको तथा एक जना उपचाररत रहेको उनको भनाइ छ ।
नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ संक्रमण हुँदा रुघा लाग्ने, ज्वरो आउने, घाँटी खसखस हुने, जीउ दुख्ने, खाना नरुच्नेजस्ता लक्षण देखिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोमान्थाङमा अस्पताल बन्यो, उपकरण र जनशक्ति भएन
-
विपक्षी दलहरूले अवरोध गरेपछि राष्ट्रियसभा बैठक एक घण्टाका लागि स्थगित
-
बानेश्वरमा झडपको स्थिति, प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्यास प्रहार
-
LIVE UPDATES : भृकुटीमण्डपमा गणतन्त्रवादी र तीनकुनेमा राजावादीले यसरी गर्दैछन् प्रदर्शन
-
राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार
-
टेस्लाको कारमा आगो लगाएको आरोपमा अमेरिकामा एक जना पक्राउ