सेती नदीमा बेपत्ता भएकाको शव १३ दिनपछि फेला
बुधबार, २२ चैत २०७९, २१ : १४

काठमाडौँ । गत माघ ९ गतेदेखि सेती नदीमा हाम फालेर बेपत्ता भएका कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्ने ४४ वर्षीय विश्व बहादुर गुरुङ्गको बुधबार फेला परेको छ ।
सशस्त्र प्रहरीको गोताखोरले शव फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।
पोखराकै के.आई. सिंह पुलबाट मंगलबारदेखि स्थानीय अल्का गुरुङ्ग समेत बेपत्ता भएकामा नम्बर २४ कालिका गण मालेपाटन पोखराबाट गएको गोताखोरसहितको टोलीले खोज्ने क्रममा विश्वको शव १३ दिनपछि फेला परेको हो ।
अल्का गुरुङ्गको भने खोजीकार्य जारी रहेका सशस्त्र प्रहरीको भनाइ छ । गुरुङको शव पोष्ट मार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्दिर सफा गर्न पानी बोकेको ट्यांकर भासियो
-
समय गुजार्दै कांग्रेसका भ्रातृ संस्था, चैत मसान्तभित्र गर्लान् महाधिवेशन ?
-
स्वास्थ्य सचिव देवकोटा कि मिश्र भन्नेमा कांग्रेसमै दुई धार
-
बीपी राजमार्ग पुनर्निर्माणमा जाइका अनिर्णीत
-
ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेपछि माओवादी र एमाले सांसदको आपत्ति
-
काभ्रेपलाञ्चोकमा बाढीपहिरो : लाभग्राही नटुङ्गिँदा राहत अनिश्चित