अमेरिकी डलर साट्ने बहानामा शृङ्खलाबद्ध लुटपाट

काठमाडौँ । काठमाडौँ उपत्यका र बाहिरका विभिन्न स्थानमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ साटिदिने भन्दै प्रलोभनमा पारी शृङ्खलाबद्ध रूपमा ठगी र लुटपाट गर्ने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ घर भई ललितपुर चापागाउँ बस्ने ३२ वर्षीय सुरेश कोइराला, सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ नाम्गेल बस्ने २४ वर्षीय विकास तामाङ र २८ वर्षीय साजन तामाङ, धनकुटा घर भई हाल काठमाडौँ बस्ने ३२ वर्षीय दीपक दमाई र सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ नयाँबस्ती बस्ने ३५ वर्षीय प्रेम बहादुर तामाङ रहेका छन् ।
उनीहरूले पीडितलाई पटक–पटक फोन मार्फत सम्पर्क गरी आफूसँग अमेरिकी डलर रहेको र सस्तो दररेटमा साटिदिने प्रलोभनमा पार्ने गरेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।
रेग्मीका अनुसार यो गिरोहले १ र ५० दरका अमेरिकी डलर पीडित पक्षलाई प्रत्यक्ष देखाई विश्वासमा पार्ने र सटही गर्ने बहानामा पैसा लिएर उपत्यकाका साँगुरा गल्ली, पातलो मानव बस्ती र जङ्गल आसपासको स्थानमा बोलाउने गर्थे ।
त्यहाँ पीडित पक्षलाई झुक्क्याएर पारी डलर भनेर ५, १० , २० रुपैयाँ र नेपाली नोट साइजको पेपरकाटी रुमालमा पोको पारेर पीडितसँग भएको लाखौँ रुपैयाँ लुटपाट गरेर फरार हुने गरेका थिए ।
पक्राउ परेको गिरोहले हालसम्म उपत्यका र उपत्यका बाहिर समेत गरी विभिन्न ६ वटा यस्तै प्रकृतिका ठगी घटनामा संलग्न रहेको खुलेको प्रहरीको भनाई छ । उनीहरूलाई नियन्त्रणमा लिई ठगी मुद्दामा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ