श्रीलङ्काको अर्थतन्त्र ४.३ प्रतिशतले खुम्चिने विश्व बैंकको प्रक्षेपण

कोलम्बो । श्रीलङ्कामा माग निरन्तर कम हुँदै गएको रोजगारी र आयमा कमी आएको र आपूर्तिपक्षको अवरोधले उत्पादनमा प्रतिकूल प्रभाव पारेको भन्दै विश्व बैङ्कले अर्थतन्त्रमा सन् २०२३ मा ४.३ प्रतिशतले सङ्कुचन आउने प्रक्षेपण गरेको छ ।
आन्तरिक तथा बाह्य आर्थिक सङ्कट र वित्तीय असन्तुलन साथै तरल राजनीतिक स्थितिले देशको आर्थिक परिदृश्यमा महत्वपूर्ण अनिश्चितता पैदा गरेको छ ।
विश्व बैंकले आफ्नो दुई वर्षको अद्यावधिकमा देशको आर्थिक सङ्कटको मूल कारणहरूलाई सुधार गर्न र भविष्यको सङ्कटहरू रोक्न बलियो र लचिलो अर्थव्यवस्था निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।
माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फारिस एच हदाद–जर्भोसले भने, “श्रीलङ्काको आर्थिक सङ्कटले गहिरो प्रभाव पारेको छ र सन् २०२१ देखि २०२२ को बीचमा ५० लाखभन्दा बढी रोजगारी गुमेको छ । थप २७ लाख मानिस गरिबीको रेखामुनि फसेका छन् ।
“यस सङ्कटको डरलाग्दो प्रभावबाट लामो समयसम्म पुनः उत्थान हुनुका साथै ढिलो ऋण पुनर्संरचना प्रक्रिया, सीमित बाह्य वित्तीय सहयोग र अनिश्चित विश्वव्यापी वातावरणले देशको आर्थिक वृद्धिमा गम्भीर जोखिम उत्पन्न गर्दछ,” निर्देशक हदाद–जर्भोसले भने ।
विश्व बैंकका अनुसार सन् २०२३ र त्यसपछि पनि अर्थतन्त्रले महत्वपूर्ण चुनौतीको सामना गर्नुपर्नेछ र तल्लो स्तरको बाह्य व्यापार सन्तुलनले आन्तरिक व्यापार, आर्थिक गतिविधि, रोजगारी र आयमा प्रतिकूल प्रभाव पार्न सक्छ ।
“अन्तर्राष्ट्रिय साझेदारहरूको आर्थिक सहयोगमा सरकारको सुधार कार्यक्रमको सबल र प्रभावकारी कार्यान्वयनले आत्मविश्वास बढाउन र नयाँ पूँजी प्रवाहलाई आकर्षित गर्न सक्छ जुन रोजगारीको सम्भावना सुधार गर्न र जीविकोपार्जन पुनः स्थापनाको लागि महत्वपूर्ण छ,” विश्व बैंकले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम