अष्ट्रेलियामा मंगोलियन हार्टले साँगीतिक यात्रा गर्ने

काठमाडौँ । चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ ले अष्टे«लियामा साँगीतिक यात्रा गर्ने भएको छ । नेपाली टच अष्ट्रेलियाको व्यवस्थापनमा अष्ट्रेलियाको विभिन्न ८ सहरमा ब्यान्डले आफ्नो साँगीतिक प्रस्तुति दिने भएको हो ।
यो कार्यक्रम मार्फत १० वर्षपछि ब्याण्डले साँगीतिक प्रस्तुति दिन लागेको हो । अष्ट्रेलिया टुर अप्रिल १० बाट सुरु हुने ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबी लामाले बताए ।
‘हामी शुक्रबार नै नेपालबाट अष्ट्रेलिया प्रस्थान हुँनेछौं,’ लामाले भने, ‘१० वर्षपछि अष्ट्रेलियामा यो यात्रा गर्न पाउँदा उत्साहित छौं । दर्शक/श्रोतालाई सरप्राइज दिने हिसाबले हामीले तयारी गरेका छौं ।’
ब्यान्डको कार्यक्रममा १० तारिखमा मेल्बर्न, त्यसपछि १३ ताखिरमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २३ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्ट हुँदै ३० तारिखमा एडलेडमा पुगेर टुंगिनेछ ।
३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा । लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।
ब्यान्ड यात्रा ३० वर्ष पुगेको अवसरमा अष्ट्रेलिया टुर गर्न पाउँदा आफू उत्साहित रहेको ब्यान्डका फ्रन्ट म्यान गायक राजु लामाले ।
ब्यान्डका ‘बाँदलपारीको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ लगायत गीतहरु चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने
-
पूर्वराजा ज्ञानेन्द्रको सक्रियताबाट किन झस्कियो माओवादी ?
-
शिक्षकहरूले भोलिदेखि पार्टी कार्यालय घेराउ गर्ने
-
आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको सजिलो जित, किरण ठगुन्नाको उत्कृष्ट शतक
-
कोटीहोम विवाद : पाँच सदस्यीय वार्ता टोली गठन गर्ने
-
अध्यक्ष दाहालले गरे ४ विधेयक प्रमाणित