चलचित्र क्षेत्रको काम मैलेभन्दा छिटो कसैले गरेको छैन–भुवन केसी

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको काम आफूलेभन्दा छिटो कसैले गर्न सक्छु भने राजीनामा दिन तयार रहेको बताए ।
चलचित्र क्षेत्रको समस्या समाधानका लागि दिनरात नभनी मिहिनेत गरिरहेको बताएका केसीले आफूले बोर्डमा रहेर केही काम नगरेको भन्ने प्रति गुनासो समेत पोखे ।
‘फिल्म क्षेत्रको यथावत् समस्या अहिलेको होइन । मैले यो उद्योगमा ४० वर्ष बिताए । त्यही समयदेखि म योसँग जुध्दै आइरहेको छु’ केसीले भने ‘यो म एक्लैबाट समाधान हुने समस्या होइन । सबैको हातेमालो आवश्यकता छ ।’
फिल्म क्षेत्रमा अरुलाई दोस लगाउने प्रवृत्ति हामी भएको भन्दै सबैले आफूले आफ्नो काम इमानदारी पूर्व गरिरहेको छ, छैन त्यता पनि विचार गर्नुपर्ने उनको धारणा थियो ।
बुधबार चलचित्र निर्माताले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा केसीले सुटिङका लागि सातै प्रदेशमा एक एक वटा फिल्म स्टुडियो निर्माण हुने बताए । स्टुडियो निर्माणको सुरुवात काभ्रेबाट छिट्टै हुने उनको भनाई थियो । केसीले दोलखामा बन्ने स्टुडियोको काम समेत अगाडि बढ्ने बताए ।
चलचित्र क्षेत्रको लागि नियम बनाएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएपनि फाइल अगाडि बढ्न नसकेको कारण आफूले फिल्मकर्मीको माग छिटो समाधान गर्न नसकेको बताएका केसीले त्यसको पहलका लागि साथ दिन चलचित्र सम्बन्धित सबै संघसंस्थालाई अनुरोध समेत गरे ।
कार्यक्रममा चलचित्र निर्माता अशोक शर्मा, विकाश बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, दयाराम दाहाल लगायतले फिल्म क्षेत्रको समस्याको विषयमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा चलचित्र पत्रकार संघ, कलाकार संघ, निर्देशक समाज, चलचित्र प्राविधि संघ, नृत्यकार संघ लगायतका नव निर्वाचित कार्यसमितीलाई निर्माता संघको तर्फबाट बधाई तथा सम्मान गरिएको थियो ।
चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र सम्बन्धी नवनिर्वाचित संघसंस्थालाई सम्मान गर्न पाउनु आफ्ना लागि खुसीको कुरो भएको बताए । उनले यस्ता कार्यक्रमले सबै संघसंस्थालाई एक ढिक्को भएर अगाडि बढ्न मद्दत मिल्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकका जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्छ : सभापति देउवा
-
एन्टीबायोटिक्सले पनि काम नगर्दा ३० लाख बालबालिकाको मृत्यु : अध्ययन
-
सामाजिक सद्भाव कायम गर्न मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना
-
उपाधिबाट चुक्यो नेपाल, फाइनलमा कुवेतसँग तीन रनले हार्यो
-
सोनुले किन तोडिन् टोनी र नेहासँग आफ्नो सम्बन्ध ?
-
देश बन्न वा बिग्रनुमा राजनीति र शिक्षाको भूमिका