ओलम्पिक छनोट : भियतनामसँग नेपाल पराजित (तस्बिरहरु)
बुधबार, २२ चैत २०७९, २० : ०१

काठमाडौँ । पेरिस ओलम्पिक महिला फुटबल छनोटमा नेपाल भियतनामसँग पराजित भएको छ । काठमाडौँको दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपाल भियतनामसँग ५-१ ले पराजित भएको हो ।
पहिलो हाफमा नेपाल ३ गोलले पछाडि परेकोमा दोस्रो हाफमा नेपालले थप २ गोल खायो भने एक गोल फर्कायो । नेपालका लागि सावित्री भण्डारीले ८० औँ मिनेटमा गोल गरिन् । फिफा वरीयतामा भियतनाम ३३औँ र नेपाल एक सयौँ स्थानमा रहेको छ ।
भियतनाम अस्ट्रेलिया–न्युजिल्यान्डमा चार महिनापछि हुने फिफा महिला विश्व कपमा प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणको छनोटमा समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेलेका हुन् ।
प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यो समूहमा नेपाल र भियतनाम मात्र रहेका छन् । नेपाल र भियतनामको दोस्रो खेल आउँदो शनिबार हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्राधिकरणमा ‘चोर आतंक’
-
कैलालीमा बस र माइक्रो ठोक्किँदा १० जना घाइते
-
‘सिपाहीको कलमबाट अङ्क २’ पुस्तकबारे छलफल
-
गुणाकर गभर्नर बन्न किन अयोग्य ? खतिवडालाई उदाहरण बनाएर अधिवक्ताले देखाएका यी तीन कारण
-
गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखा प्रमुख लागुऔषधसहित पक्राउ
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी