कर्णालीमा राप्रपाले माग्यो प्रतिपक्ष दलको हैसियत

सुर्खेत । कर्णालीमा राप्रपाले प्रतिपक्ष दलको हैसियत माग गरेको छ । नेपाली कांग्रेस, नेकपा एमालेले मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएसँगै राप्रपाले प्रतिपक्ष दलको हैसियत माग गरेको हो । यसअघि नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका गर्दै आएको थियो । प्रदेशसभाको ११ औँ बैठकमा राप्रपा सांसद सन्तोषी शाहीले राप्रपालाई प्रतिपक्ष दलको सिटको व्यवस्थापन गरिदिन माग गरिन् ।
गत शुक्रवार मुख्यमन्त्री राजकुमार शर्मालाई राप्रपा बाहेकका सबै दलले विश्वासको मत दिएका थिए । ‘सबै दलले सरकारको पक्षमा मतदान गर्ने, सरकारको मन्त्री भइरहने अनि ती दलहरू प्रतिपक्षको रूपमा कसरी रहन सक्छन्,’ सांसद शाहीले प्रश्न गरिन् । ‘दुनियाँमा कहीँ नभएको जात्रा हाडिगाउँमा’ भनेजस्तै संसदीय व्यवस्थामा यस्तो प्रवृत्ति कहिँपनि नभएको शाहीको भनाइ छ ।
‘सत्ता पक्ष पनि प्रतिपक्ष हुने भन्ने कुरा संविधान, ऐन, कानुन विपरीत मात्र होइन संविधानको ठाडो उल्लङ्घन हो,’ शाहीले थपिन,‘देश विधिले चलाउन सक्नुपर्छ वास्तवमा कर्णालीको प्रतिपक्ष दल राप्रपा हो, राप्रपालाई प्रतिपक्ष दलको रूपमा सदनमा सिटको व्यवस्था होस् भन्ने माग गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घण्टेश्वर सेती महाकाली क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
सरकारले जग्गा प्राप्तिसम्बन्धी ऐन संशोधन गर्न माग्यो सुझाव
-
प्रचण्डको किताब सीपीसीलाई उपहार
-
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए दीपेन्द्रसिंह ऐरीले
-
‘सडक आन्दोलन व्यवस्था फेर्न होइन, यो दलहरूप्रतिको वितृष्णा हो’
-
स्थानीयको अवरोधले नागढुंगा सुरुङमार्ग निर्माणमा अन्योल