कैलालीमा प्राध्यापकहरुले नै गरे क्याम्पसमा तालाबन्दी
धनगढी । कैलाली जिल्लास्थित एक क्याम्पसमा प्राध्यापकहरुले नै तालाबन्दी गरेका छन् ।
जिल्लाको घोडाघोडी बहुमुखी क्याम्पसका प्राध्यापकहरुले बुधबार क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् ।
आन्दोलनरत प्राध्यापकहरुले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् ।
विगत केही समयदेखि क्याम्पस प्रशासनको लापरबाही, व्यापक गुटबन्दी, प्रशासनिक र पद्धतिगत अस्तव्यस्त भएको हुँदा आन्दोलन गर्नु परेको आन्दोलनरत प्रध्यापकहरुले बताएका छन् । यसको समाधानको लागि सञ्चालक समितिसँग पहल, अनुरोध गदै आएको तर क्याम्पस प्रशासनहरूले बेवास्ता गर्ने र सुधारको अभियानमा लागेकालाई धम्काउने कार्य गरेको हुँदा आन्दोलनमा उत्रिनु परेको उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सञ्चालक समितिले माग पत्र बुझ्न नै नचाहेकोले बाध्य भएर क्याम्पस प्रशासनमा तालाबन्दी गर्नु परेको आन्दोलनरत प्रध्यापकहरुले बताएका छन् ।
माग सुनुवाइ नभएको खण्डमा थप कडा कदम चाल्न बाध्य हुने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार क्याम्पस प्रशासन, सञ्चालक समितिले लिनुपर्ने समेत चेतावनी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु