सीके राउतले भने–चौतर्फी घेराबन्दीमा छु, केही समय धैर्य गर्नुहोस्

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आफू चौतर्फी घेराबन्दीमा परेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत चौतर्फी घेराबन्दीमा परेको भन्दै उनले केही समय धैर्य गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।
उनले भनेका छन्, ‘मलाई अलिकति समय दिनोस्–अलिकति धैर्य राख्नुहोस्, घेरामा छु, घाइते छु तर मरिसकेको छैन–हामी विजयी हुनेछौ ।’ं
युद्ध नटुंगिएको भन्दै उनले आफू अझै जीवनको कुरुक्षेत्रमा रक्ताम्मे भएर संघर्ष गरिरहेको उल्लेख गरेका छन् ।
उनले आफू विभिन्न पार्टी, नेता, सामाजिक संरचना, यथास्थितिवादी, मिडिया, शक्ति केन्द्र, साइबर सेलको निरन्तर आक्रमणमा रहेको समेत बताएका छन् । आर्थिक, सामाजिक तथा अन्य विभिन्न समस्याले पनि पिरोलिएको उनले बताए ।
उनले भने, ‘केही आफ्नैहरूको कमजोरी र निष्क्रियताले पनि आहत छु ।’
जनताको अपेक्षा ठूलो रहेको उल्लेख गर्दै उनले परिवर्तनका आकांक्षीले आँखा टोलाएर बसेको बताए ।
विगत १० वर्षदेखि पार्टीमा लागेका कार्यकर्ताको भविष्य सुरक्षित गर्ने जिम्मेबारी आफ्नो काँधमा रहेको उनले बताए ।
उनले भनेका छन्, ‘घरमा बुवा ‘डेन्टिस्ट’ कहाँ लगि दिन र वृद्ध आमा अपरेशनको प्रतीक्षामा छिन्, बिरामी छोरी छटपटाई रहँदा अस्पताल लैजाने कोही छैनन्, छोराको पढाई कहाँ पुग्यो थाहा छैन । म चाँहि निरन्तर बटुवा झैँ संगठनको काममा कहिले यता त कहिले उता भौतारिँदैछु ।’ उनले सबै संघर्षलाई पार गर्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्याण्ड र म्यानमारपछि यी देशहरूमा भूकम्पको धक्का
-
जनमत पार्टी र नागरिक उन्मुक्तिको एकता वैशाखमा
-
'राजसंस्था फर्काउँछु भन्नु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै हो'
-
महिला तथा बालबालिकाका नाममा संघसंस्थाले लगे १ अर्ब २२ करोड
-
तौल घटाउन दही खाने कि मोही ?
-
योगी आदित्यनाथ बन्लान् नरेन्द्र मोदीको उत्तराधिकारी ?