न्यूनतम साझा कार्यक्रमको मस्यौदा काटछाँट गरिँदै

काठमाडौँ । सत्तारुढ गठबन्धनले केही दिनभित्रै सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी गरेको छ । गठबन्धनमा रहेका दलहरूबाट प्राप्त सुझावहरूलाई समायोजन गरी न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने तयारी गरिएको हो ।
यसै विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुटेका थिए । आजको बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदामा दलहरूबाट प्राप्त सुझावहरू बारे छलफल भएको नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा ऊर्जा मन्त्री शक्ति बस्नेतले रातोपाटीलाई बताए । ‘दलहरूका सुझावअनुसार केही बुँदाहरू थप्नु पर्ने छन् भने केही घटाउनु पनि पर्ने छन्,’ उनले भने, ‘आजको बैठक यिनै विषयमा केन्द्रित रह्यो । अब केही दिनमा यसलाई टुङ्ग्याएर सार्वजनिक गर्छौँ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरूको उपस्थित रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु
-
पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा